अझैसम्म जताततै चिनियाँ नाकाबन्दी , सांसद छिरिङ तामाङले दिईन ज्ञापनपत्र
२९ भाद्र २०८०, शुक्रबार

जुम्लाकी सांसद छिरिङ ल्हामु तामाङले कर्णाली प्रदेशको मुगु जिल्लाबाट चीनको तीब्बत जोड्ने कार्मारोङ गाउँपालिकाको नाक्च्या भनझ्याङ नाका खोल्नुपर्ने भन्दै ज्ञापनपत्र बुझाएकी छन् ।
जुम्लाकी प्रतिनिधिसभा तामाङले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आज भेटेर ज्ञापनपत्र बुझाएकी हुन् ।
प्रधानमन्त्री प्रचण्ड आउदो असोज ५ गते चीन भ्रमणमा जाँदैछन् । त्यही अवसरमा मुगुको कार्मारोङ गाउँपालिकाकाबाट पैदल हिडेर ५ घण्टामा पुगिने गरी सीमा जोडिएको नाक्च्या भनझयाङ नाकालाई पूर्ण सञ्चालनमा ल्याउन र चीन सरकारसँग अन्तरदेशीय यातायात तथा व्यापार सम्झौता र सहकार्य गर्नुपर्ने ज्ञापनपत्रमा उल्लेख छ ।
‘नाक्च्या भन्झ्याङ नाकाहुँदै तिब्बतको कैलाश मानसरोवर अत्यन्तै छोटो दूरी पर्ने भएकोले यस नाकालाई सञ्चालनमा ल्याउन सकिएको खण्डमा चिनीयाँ पर्यटकहरूलाई नेपाल भित्र्याउन समेत सकिने । क्षेत्रको आर्थिक सामाजिक तथा भौतिक पुर्वाधारमा विकास हुनेछ,’ ज्ञापनपत्रमा उल्लेख छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया