विश्वलाई रणसंकटबाट जोगाउन व्यापक सुधारको आवश्यक्ताः प्रधानमन्त्री मोदी

नेपालमा पनि चिनियाँ महत्वाकाँक्षी परियोजना बिआरबाट आर्थिक संकट उत्पन्न हुने सम्भावना, समयमै सचेत हुनुपर्नेमा जोड

नयाँ दिल्ली, एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विगत ९ वर्षमा देशलाई स्थिर सरकार दिएको र त्यसका कारण देशमा धेरै महत्वपूर्ण सुधारहरू भएको बताएका छन् ।
प्रधानमन्त्री मोदीले जी–२० मा अफ्रिकी युनियनलाई समावेश गर्न भारतले समर्थन गरेको पनि बताएका हुन् । प्रधानमन्त्री मोदीले सबैको प्रतिनिधित्व र सबैको आवाज नसुने बिना पृथ्वीको भविष्यको कुनै पनि योजना सफल हुन नसक्ने बताए ।
विश्वमा बढ्दो आर्थिक संकटको मुल जडो चिनियाँ अर्थतन्त्र रहेका छन् । चिनियाँ अति महत्वाकाँक्षी परियोजना बिआरआईको कारण विश्वमा आर्थिक संकट गहिरिदै गएको छ । खासमा नेपाल जस्तो मुलुकमा गम्भीर असर देखा परिरहेको छ । लगानीको नाममा ठूलो ऋणको जालोमा फसाउन चिनियाँहरु खप्पीस रहेको हुँदा ज्वलन्त उदाहरण श्रीलंकाको अवस्था हुन नदिन दक्षिण एशियाली देशलाई आर्थिक संकटबाट मुक्त गराउन भारतको कदमलाई साथ दिनुपर्नेमा जोड दिए ।
विश्वव्यापी ऋण संकटबारे सोधिएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले यो चिन्ताको विषय भएको बताए । यद्यपि, उनले भारतका धेरै राज्य सरकारहरूको ’निःशुल्क चीजहरू’ दिने नीतिको पनि खिल्ली उडाए ।
उनले गैर जिम्मेवारपूर्ण वित्तीय नीति र लोकतान्त्रिक नीतिले छोटो अवधिमा राजनीतिक फाइदा लिन सक्ने तर दीर्घकालीन आर्थिक तथा सामाजिक मूल्य चुकाउनु पर्ने बताए । मोदीले भने, “गैरजिम्मेवार वित्तीय नीतिहरू, लोकवादले अल्पकालीन राजनीतिक परिणाम दिन सक्छ तर दीर्घकालीन रूपमा ठूलो सामाजिक र आर्थिक मूल्य चुकाउनु पर्छ ।”
उनले लोकतान्त्रिक नीतिको सबैभन्दा ठूलो मूल्य सबैभन्दा गरिब र कमजोर वर्गले तिर्ने र आफूले भोगेको आर्थिक नोक्सानीको पूर्ति हुन नसक्ने बताए ।