चिनियाँ ऋणको चापमा रहेको पोखरा , लुम्बिनी बिमानस्थल बाट चीन उडान गराउने प्रधानमन्त्रीको प्रयास हुने
१७ भाद्र २०८०, आईतवार

पोखरा । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो आसन्न चीन भ्रमणकोबारेमा कस्तो खालको कुरा उठाउने भन्दै पत्रकारलाई बताएका छ्न । सो क्रममा पोखरा र लुम्बिनी विमानस्थलबाट सिधै चीनका विभिन्न शहरमा उडान भर्नेबारे छलफल गर्ने बताएका हुन । गौतमबुद्ध र पोखरा विमानस्थललाई बोझ बन्यो विदेशी ऋण, किस्ता तिर्ने रकम कहाँबाट जुटाउने? भन्ने नेपाल सरकारलाई गर्हो हुने अवस्था आउने छ । नेपालले चीन बाट केही अनुदान र बाकी ऋणमा लिई लुम्बिनी र पोखरा बिमान स्थल निर्माण गरेको हो ।
शुक्रबार समाजवादी मोर्चाको गण्डकी स्तरीय सन्देश सभालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री पचण्डले आफ्नो चीन भ्रमणका एजेन्डाबारे बोल्दै आफ्नो भनाई राखेका थिए ।
‘कोरोला नाका र रूइला नाका खोल्न चीनसँग सहमति गर्ने एजेण्डा तय भइसकेको छ । साथै, पोखरा र लुम्बिनी एयरपोर्टबाट सिधै चीनका विभिन्न सहरमा उडान भर्नेबारे छलफल गर्नेछु’, प्रचण्डले भने । चीनले आठ बर्स पछि सर्बसाधारनका नाका खोलेको छ । यो भन्दा पहिला नाका खोलाउने प्रयास गर्दा पनि चीनले बेवास्ता गर्दै आएको थियोे ।
फेसबुकबाट तपाईको प्रतिक्रिया