भिडिओ कन्फरेन्सको माध्यमबाट भारतीय प्रधानमन्त्री मोदीले ५०८ रेलवे स्टेशनहरूको पुनर्विकासको आधारशिला राखे
२८ श्रावण २०८०, आईतवार

नयाँ दिल्ली, एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आज भीडियो कन्फ्रेन्सको माध्यमबाट अमृत भारत स्टेशन योजना अन्तर्गत भारतभरिका अर्थात 28 वटा राज्यहरूका 508 रेलवे स्टेशनहरूलाई पुनर्विकास गर्नको लागि आधारशिला राखे।
यस अवसरमा प्रधानमन्त्रीले भने, विकसित हुने लक्ष्य तर्फ कदम बढ़ाइरहेको भारत आफ्नो अमृतकालको प्रारम्भमा छ। नयाँ ऊर्जा छ। नयाँ प्रेरणा छ। नयाँ संकल्प छ। यसै आलोकमा आज भारतीय रेलको इतिहासमा पनि अर्को नयाँ अध्याय शुरू भइरहेको छ।
उनले भने, भारतका लगभग 1,300 प्रमुख रेलवे स्टेशनहरूलाई अब अमृत भारत रेलवे स्टेशनको रूपमा विकसित गरिनेछ। यीमध्ये आजदेखि 508 अमृत भारत स्टेशनहरूको पुनर्निर्माणको काम शुरू भइरहेको छ। यी 508 स्टेशनहरूको नवनिर्माणमा लगभग 25 हजार करोड़ भारतीय रुपियाँ खर्च गरिनेछ।
फेसबुकबाट तपाईको प्रतिक्रिया