पाकिस्तान बिरोधि समुहको हमलामा ४ चिनियाँ ९ पाकिस्तानी सैनिकको मृत्यु
२८ श्रावण २०८०, आईतवार

पाकिस्तान: ग्वादरमा BLA द्वारा घातक हमला, ४ चिनियाँ नागरिक र ९ जना पाकिस्तानी सैनिक मारिएको दाबी ।
पाकिस्तानको बलुचिस्तानमा चिनियाँ इन्जिनियर बोकेको समूह माथि आक्रमण भएको छ । यसमा चिनियाँ नागरिकसहित धेरैको मृत्यु भएको छ । पाकिस्तानी सुरक्षा बलसँगको भिडन्तमा दुई पृथकतावादी पनि मारिएका छन् । बलुचिस्तान लिबरेशन आर्मीले आक्रमणको जिम्मेवारी लिएको छ र आक्रमणमा ४ चिनियाँ नागरिक र ९ पाकिस्तानी सैनिक मारिएको दाबी गरेको छ ।
यस हमलामा धेरैको मृत्यु भएको छ भने दुई पाकिस्तानी सुरक्षाकर्मी घाइते भएका छन् । आइतबार ग्वादरको फकिर ब्रिजमा हमला भएको थियो । यो हमला पाकिस्तानले पुष्टि गरेको छ । यसको जिम्मेवारी बलुच लिबरेशन आर्मीले लिएको छ । आक्रमणमा ४ चिनियाँ नागरिक र ९ पाकिस्तानी सैनिकको मृत्यु भएको दाबी गरिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया