तरकारीमा बिसादी हुन्छ भने भारतिय चामलमा के ? = सुरेस

भारतले नेपाल लगायत मुलुकमा चामल निर्यातमा रोक लगाएको छ। हाम्रा नक्कली राष्ट्रवादी नेपालीहरूले भारतलाई विषालु तरकारी पठाएको आरोप लगाउने गर्थे तर अहिले तनावमा छन् । किन? चामल विषादी हुन सक्दैन ? यी सबै विषादी तरकारी भारतलाई बदनाम गर्न र नेपाल भारत मित्रतामा प्रहार गर्ने प्रचार हुन् । यहाँ नेपालमा नेताहरूले भारतलाई वस्तुको रूपमा प्रयोग गर्छन् जसले गाली गर्दा हाम्रा नेताहरूलाई सस्तो लोकप्रियता दिन्छ। नेपाल सरकारले चामल निर्यात प्रतिबन्धमा नेपाललाई अपवाद दिन मित्र राष्ट्र भारतलाई अनुरोध गर्नुपर्छ । भारतले सधैं नेपाललाई कठिन समयमा साथ दिएको छ।

????????????????????नेपाल भारत मित्रता अमर रहोस ???????????????????? भन्दै समाजिक संजालमा सुरेश कुमार आफ्नो बिचार पोस्ट गरेका छ्न ।

भारतीय बजारमा चामल मूल्य अत्यधिक बढेपछि निर्यातमा रोक लगाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतीय बजारमा पछिल्लो १० दिनमा मात्र चामलको मूल्य १० प्रतिशतले बढेको छ ।

भारतको प्रतिबन्धका कारण विश्व बजारलाई नै असर पर्न सक्ने रोयटर्सले जनाएको छ । विश्वभरबाट निर्यात हुने चामलको हिस्सा भारतको मात्र ४० प्रतिशतभन्दा बढी छ ।

रुपैडिहाबाट हुने अबैध तस्करीमा चामलको हिस्सा पनि भएकाले नेपालगन्जमा आजबाट तस्करीकै चामलले बजार लिने सम्बद्धको भनाइ छ ।