प्रधानमन्त्री मोदीको अमेरिका भ्रमणपछि भारतसँगको सम्बन्ध पहिलेभन्दा बलियोः ह्वाइट हाउस

वासिंगटन, एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हालै गरेको अमेरिका भ्रमणबाट दुई देश बीचको सम्बन्ध बलियो भएको ह्वाइट हाउसको प्रेस सेक्रेटरीले बताइन् ।
ह्वाइट हाउसका प्रेस सेक्रेटरी करिन जीन पियरेले प्रधानमन्त्री नरेन्द्र मोदीको गत महिना अमेरिकाको पहिलो आधिकारिक राजकीय भ्रमण “अत्यन्त सफल” भएको बताइन् ।
“भारतसँगको सम्बन्ध पहिले भन्दा बलियो छ र…हामीले प्रमुख डेलिभरीको दायरा घोषणा गर्याैं, तीमध्ये केही लागू भइरहेका छन्,” जीन–पियरले थपे । भ्रमणका क्रममा मोदीले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई भेटेका थिए र अमेरिकी कांग्रेसलाई सम्बोधन गरेका थिए ।