किमाथांका सीमामा नेपाली भूमि मिचेर चीनले बनायो अवैध संरचना, अध्यागमन कार्यालय चलाएर नेपालीलाई नै जान प्रतिबन्ध
१ श्रावण २०८०, सोमबार

किमाथांका सीमामा नेपाली भूमि मिचेर चीनले बनायो अवैध संरचना, अध्यागमन कार्यालय चलाएर नेपालीलाई नै जान प्रतिबन्ध
काठमाडौं । चीनद्वारा नेपालमाथि गरिएका कैयन गैरवैधानिक गतिविधहरू नेपाली जनताको निम्ति अनभिज्ञ विषय बन्नु कुनै नौलो विषय होइन । यसमा नेपालको मूलधारमा रहेको सञ्चार क्षेत्रदेखि नोकरशाहरूको सोझो भूमिका रहेको तथ्य पनि जगजाहेर छ ।
चीनका यस्ता गतिविधिहरूमा नेपाली नागरिकमाथि अन्याय, अत्याचार गर्नु, नेपालमा गैरवैधानिक कृयाकलापहरू सञ्चालनमा ल्याउनु, अनधिकृत माध्यमद्वारा आर्थिक लेनदेन्म गर्नुजस्ता अनेक विषय पर्दछन् ।
यी त भए दिनहुँ व्यवहारमा चल्ने विषयहरूमा चीनको अत्याचारी व्यवहार । यसका अतिरिक्त नेपाली भूमि हस्तक्षेप र अतिक्रमण गर्ने क्रममा चीनको ती स्थान कायम राखेको छ ।
हुम्लाको रूइ गाउँका अतिरिक्त अन्य कैयन स्थानमा चीनले नेपाली भूमि अतिक्रमण गरेको छ । सरकारलाइ यसको पूर्णतः जानकारी रहँदा रहदै पनि यसको विरोधमा पहल गर्न कुन शक्तिले व्यावधान सृजना गरेको छ, यो एउटा रहस्यमय प्रश्न हो ।
नेपाली जनमानस साधारणतः शान्तिप्रिय र बाँच अनि बाच्न देउको सिद्धान्तमा हिँड्ने समुदाय हो । नेपालीको मुलभूत जैविक प्रवृत्ति भनेको आफ्नो राष्ट्रप्रतिको वफादारिता र राष्ट्रको माया हो ।
आफ्नो भूभागको निम्ति प्राणसम्म अर्पण गर्न सक्ने यो विर जाति चीनको अत्याचारी प्रवृति प्रति किन यति मौन भएर बस्न सक्छ ? हुम्लाका अतिरिक्त चीनले संखुवासभा जिल्ला अन्तर्गतको किमाथांका क्षेत्रमा आफ्नो संरचनाहरू निर्माण गरेको तथ्य फेला परेको छ । चीनले नेपालको भूमिमा अनाधिकृत रूपमा अध्यागमन कार्यालय बनाएर संचालनमा ल्याएको छ ।
चुमनुब्री गाउँपालिका–१ रुई भञ्ज्याङ सिमानाको दशगजा क्षेत्रमा नै चीनले तारबार गरेर अतिक्रमण गरेको छ ।
अरूण नदीले छुट्टयाएको सिमाना अतिक्रमण गरि आफ्नो कार्यक्रम संचालनमा ल्याउनु नेपालको सार्वभौमिकता माथि ठूलो प्रहार हो । स्मरणीय के छ भने यस कार्यालय वरिपरि जुन स्वयम नेपाली भूमिमा ठडिएको छ, त्यहाँ नेपाली नागरिकहरूको आवागमन प्रतिबन्ध गरिएको सूचना पाटी नै लगाइएको पाइन्छ ।
एउटा स्वतन्त्र राष्ट्रको सिमाना क्षेत्र अनाधकिृत रूपमा कब्जा गरि, आफ्नो संरचना खडा गर्नु एवम नेपाली नागरिकहरू माथि प्रतिबन्ध लगाउनु जस्ता दुस्साहस अत्यन्त निन्दनीय छ । सरकारले यसप्रति आफ्नो धारणा स्पष्ट गर्नु अति वाञ्छनिय रहेको बताइन्छ ।
यसमा अझ के पनि उल्लेख गरिएको छ भने यदि कुनै नेपाली नागरिकले यस जंगल क्षेत्रमा गएर गतिविधि गरेर वा नयाँ विरुवा पलाउन आगो लगाउने कार्य गरे उसलाइ दण्डनीय ठहराइने चेतावनीसमेत दिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया