खलिस्तानी हमलापछि अमेरिकामा भारतको समर्थनमा रयाली निकालियो

वासिंगटन, एजेन्सी । अमेरिकामा भारतीय वाणिज्य दूतावास माथि खालिस्तानीहरुद्धारा हमला गरेपछि त्यहाँका मानिसहरु भारतको समर्थनमा रयाली निकालेर खालिस्तानी समर्थकलाई झापड हानेका छन् ।
खलिस्तान समर्थकहरूले भर्खरै कूटनीतिक सुविधामा आगजनी गर्ने प्रयास गरेपछि भारतीय–अमेरिकीहरूले अमेरिकाको सान फ्रान्सिस्कोमा रहेको भारतीय वाणिज्य दूतावासमा शान्ति रयाली निकालेका हुन् ।
यसअघि जुलाईमा खालिस्तान समर्थकहरूले भारतीय वाणिज्य दूतावासमा आगजनी गरेका थिए र त्यसको भिडियो ट्विटरमा सेयर गरेका थिए । भारतीय–अमेरिकीहरूले यसलाई आतंकवादको कार्य भनेका छन् र न्यायको माग गरेका छन् ।