प्रधानमन्त्री मोदीले संयुक्त राष्ट्र मुख्यालयमा सम्बोधन, ’योग प्रतिलिपि अधिकारबाट मुक्त छ’
७ असार २०८०, बिहीबार

वासिंगटन, एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले योग दिवशको अवसरमा संयुक्त राष्ट्र मुख्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै योग प्रतिलिपि अधिकारबाट मुक्त हुने बताए ।
प्रधानमन्त्री नरेन्द्र मोदीले बुधवार न्यूयोर्कमा संयुक्त राष्ट्र मुख्यालयमा अन्तर्राष्ट्रिय योग दिवस कार्यक्रमलाई सम्बोधन गरेका हुन् ।
उनले भने, “योग भारतबाट आएको हो र यो धेरै पुरानो परम्परा हो । योग प्रतिलिपि अधिकार, पेटेन्ट र रोयल्टी भुक्तानीबाट मुक्त छ ।“ उनले थपे, “योग तपाईको उमेर, लिङ्ग र तन्दुरुस्तीको स्तरमा अनुकूल हुन्छ । ृयोे पोर्टेबल र… साँच्चै विश्वव्यापी छ ।“
फेसबुकबाट तपाईको प्रतिक्रिया