भारतीय प्रधानमन्त्री मोदीले विश्वकै धनी व्यक्ति एलोन मस्क सहितका मानिस संग भेट्ने
५ असार २०८०, मंगलवार

वासिंगटन, एजेन्सी । अमेरिका भ्रमणमा रहनु भएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वकै धनी व्यक्ति एलोन मस्क सहितका मानिसहरु संग भेट्ने कार्यक्रम तय गरिएको छ ।
प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो अमेरिका भ्रमणको क्रममा नोबेल पुरस्कार विजेता, अर्थशास्त्री, कलाकार, वैज्ञानिक, विद्वान, उद्यमी, शिक्षाविद् लगायत २४ जनासँग भेट गर्ने भएका हुन् ।
उनले विश्वको सबैभन्दा धनी व्यक्ति एलोन मस्क, लगानीकर्ता रे डालियो, खगोल विज्ञानी नील डिग्रास टायसन, गायक फालु, अर्थशास्त्री पल रोमर, ’द ब्ल्याक स्वान’ लेखक निकोलस नसिम तालेब र व्यवसायी तथा कलाकार चन्द्रिका टन्डनलाई भेट्नेछन् । एजेन्सी ।
फेसबुकबाट तपाईको प्रतिक्रिया