भारतीय प्रधानमन्त्री मोदीले १८० भन्दा बढी देशका मानिसहरुसँग योग दिवस मनाउने

वासिंगटन, एजेन्सी । भारतीय प्रधानमन्त्रीको अमेरिका भ्रमणको क्रममा न्युयोर्क स्थित संयुक्त राष्ट्र संघको मुख्यालयमा १८० भन्दा बढि देशका नागरिकहरु संग बसेर योग दिवश मनाउने कार्यक्रम तय गरिएका छन् ।
जुन २१ मा न्युयोर्क स्थित संयुक्त राष्ट्र संघको मुख्यालयमा प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा हुने अन्तर्राष्ट्रिय योग दिवस समारोहमा १८० भन्दा बढी देशका मानिसहरू सहभागी हुने भएका हुन् ।
सहभागीहरूमा कूटनीतिज्ञ, कलाकार, शिक्षाविद् र उद्यमीहरू लगायतका सहभागी हुनेछन्, रिपोर्टहरूले बताएको छ । उल्लेखनीय छ, प्रधानमन्त्री मोदी जुन २१ देखि जुन २४ सम्म अमेरिकाको आधिकारिक राजकीय भ्रमणमा जानेछन् ।