अन्तर्राष्ट्रिय योग दिवसमा प्रधानमन्त्री मोदीसँग सामेल हुन आतुर
३ असार २०८०, आईतवार

वासिंगटन, एजेन्सी । विश्व योग दिवसको अवसरमा भारतीय प्रधानमन्त्री सहमागी हुन आतुर रहेको UNGA अध्यक्षले ट्विटर मार्फत जानकारी दिएका छन् ।
यही जुन २१ मा अमेरिकाको न्यूयोर्क स्थित संयुक्त राष्ट्रको मुख्यालयमा आयोजना हुन गईरहेको विश्व योग दिवसको अवसरमा सहभागी हुन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आतुर रहेको UNGA अध्यक्ष साबा कोरोसीले जानकारी दिएका हुन् ।
प्रधानमन्त्री मोदीले पनि UNGA अध्यक्ष कोरोसीको ट्विटरको जवाफ दिदै भने, “तपाईको सहभागिताको कार्यक्रमलाई अझ विशेष बनाउँनेछ” । प्रधानमन्त्री आउदो साता अमेरिकाको औपचारिक भ्रमणमा जाने कार्यक्रम तय गरिएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया