भारतबाट फर्किने वित्तिकै किन बेल्जियम जाँदैछन् बालेन्द्र ?

प्रधानमन्त्री पुष्पकमल दाहाल चार दिने भ्रमणमा रहेकै वेला भारत पुगेका काठमाण्डौं महानगरपालिकाका मेयर बालेन्द्र साह त्यहाँबाट फर्किएर बेल्जियम जाने तयारीमा छन्।

व्रसेल्समा हुने विश्वका महानगरपालिकाहरुको शिखर सम्मेलन तथा अर्बान समिटिमा भाग लिन उनी बेल्जियम जान लागेका हुन। साह जेठ अन्तिम साता बेल्जियम जाने तयारी छ। मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले मेयर साहको भ्रमण स्वीकृत पनि गरिसकेको छ।

जेठ २९ देखि ३२ सम्म बेल्जियमको ब्रसेल्समा विश्वका महानगरपालिकाहरूको शिखर सम्मेलन तथा अर्बान समिट हुँदैछ।

यसअघि मेयर साह कर्नाटकको राजधानी वैैंगलोर पुगेका थिए। यो सहरलाई भारतको आइटी राजधानीका रुपमा चिनिन्छ। सहयोगी भुपदेव साहका अनुसार बालेन्द्र पिएचडी गर्ने शिलसिलामा वैंगलोर पुगेका हुन।