नेपालगन्ज स्थित सिमा नाकामा निर्माण भएको ल्यान्डपोर्ट आज उदघाटन

नेपाल र भारतबीचको व्यापारिक सम्बन्धलाई थप प्रगाढ बनाउन सिमा नाकामा निर्माण भएको ल्यान्डपोर्टको बिहीबार बिहान ११ः३० बजे प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भर्चुअल रुपमा उद्घाटन गर्ने कार्यक्रम छ । यो कार्यक्रम नयाँ दिल्लीमा हुनेछ। महाराजगञ्ज जिल्लाको सुनौली सिमानामा निर्माण हुन लागेको ल्यान्डपोर्टको पनि भूमिपूजन हुने भएको छ । दुवै देशका अधिकारी पनि यसमा संलग्न छन् । रुपेडिहा नाकामा पनि कार्यक्रम हुनेछ जसमा दुवै देशका अधिकारी र जनप्रतिनिधिको सहभागिता रहनेछ ।

नगर पञ्चायत रुपैडिहामा निर्माण भएको ल्यान्डपोर्टको दुवै देशका प्रधानमन्त्रीले इ–उद्घाटन गर्ने गर्ने बतएक हुन । यस अवधिमा नेपालतर्फबाट एउटा ट्रक भारतीय भूमि बन्दरगाह प्राधिकरणमा पठाइनेछ भने भारतीय पक्षबाट एउटा ट्रक नेपाल अन्तर्राष्ट्रिय यातायात भूमि बन्दरगाहमा पठाइनेछ । नेपालमा नेपालका उच्च अधिकारीको उपस्थिति रहने छ भने भारतीय भूमिमा भारतीय उच्च अधिकारीको भेला पनि हुनेछ ।