सी जिनपिङ पुटिन भन्दा गम्भीर खतराः क्यानडाका पूर्व प्रधानमन्त्री
१५ जेष्ठ २०८०, सोमबार

एजेन्सी । क्यानाडाका पूर्व प्रधानमन्त्री स्टेफन हार्परले भनेका छन् कि, रुसी राष्ट्रपति भन्दा बढि खतरनाक चिनियाँ राष्ट्रपति रहेको बताए ।
क्यानडाका पूर्वप्रधानमन्त्री हार्परले चिनियाँ राष्ट्रपति सी जिनपिङ रुसी राष्ट्रपति भ्लादिमिर पुटिनभन्दा ‘धेरै दीर्घकालीन गम्भीर खतरा’ भएको बताएका हुन् ।
उनले भने कि सीको महत्वाकांक्षा “नयाँ विश्व व्यवस्था, हब र स्पोक्स विश्वव्यापी अर्थतन्त्र सिर्जना गर्ने छ जहाँ सबै अधिकार चीनमा केन्द्रित हुने छ ।”
क्यानडाको २०१९ र २०२१ को चुनावमा चिनियाँ हस्तक्षेपको कथित विवादको बीचमा उनको टिप्पणी आएको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया