भारतीय मूलका समीर पाण्डे अष्ट्रेलियाको पहिलो लर्ड मेयर बने

सिडनी, एजेन्सी । भारतीय मूलका समीर पाण्डेलाई अष्ट्रेलियाको पहिलो लर्ड मेयर बनेका छन् ।
काउन्सिलरको रुपमा रहेका पाण्डेले अस्ट्रेलियामा पहिलो पटक भारतीय मूलका लर्ड मेयर बनेर इतिहास रचेका हुन् ।
पाण्डे अस्ट्रेलियाको सिड्नीस्थित सिटी अफ पररामट्टा काउन्सिलको लर्ड मेयरमा निर्वाचित भएका छन् । उहाँ पहिलो पटक २०१७ मा काउन्सिलमा निर्वाचित भएको र २०२२ मा भारतीय उपमहाद्वीपबाट पररामट्टाको पहिलो डेपुटी लर्ड मेयर बनेको थियो । पाण्डे सिडनीमा आफनो सानो व्यवसाय चलाइरहेको छ । एजेन्सी ।