चीनद्धारा तिब्बतको संस्कृति र पहिचानलाई समाप्त गर्ने षड्यन्त्र– समाजशास्त्री डा. ग्याल लो

तिब्बत, एजेन्सी । चिनियाँ कम्युनिष्ट पार्टीले तिब्बतमा संचालनमा ल्याएका निजी विद्यालयहरुले तिब्बती संस्कृति र पहिचानलाई नष्ट गर्ने खतरा उत्पन्न भएको छ ।
तिब्बती अकादमिक सामाजशास्त्र डा ग्याल लो ले ट्विाट गर्दै भनेका छन् सीसीपीको छत्रछायामा तिब्बतमा चीनले अनिवार्य बोडिंग अथार्थ निजी विद्यालयहरुले तिब्बती संस्कृति र पहिचानलाई नष्ट गरिदिने आशंका व्यक्त गर्दै समयमै त्यसलाई रोकिनु जरुरी रहेको बताएको हो ।
चीनका अनिवार्य बोडिंग स्कुलहरुद्धारा निरन्तर रुपमा तिब्बती धर्म संस्कृति, पहिचान माथि प्रहार गर्दै जबरजस्ती चिनियाँ धर्म संस्कृतीलाई अंगिकार गर्न पटक पटक दवाव सृजना गर्ने गरिएको उनले ट्यिुटरको माध्यमबाट भने ।
यदी त्यस्ता कार्यलाई रोकिएन भने फुल वा वगैचाको हेरचाह गर्ने माली जस्तै जराबाट नै विरुवा उखेल्ने जस्तै–सीसीपीले हामीलाई सधैंभरी मेटाउन सक्दो प्रयास गरिरहेको उनले जेनेभा सम्मेलनमा गम्भीर आरोप लगाए ।