उद्योगपति गौतम अडानीको मद्दतबाट पर्वतारोही अनुरागको ज्यान जोगियो

नयाँ दिल्ली, एजेन्सी । नेपालमा रहेका हिमालको आरोहण गर्न गएका एक भारतीय पर्वतारोही झण्डै ६ हजार मिटर तल गहिरो खाडलमा खसेपछि प्रसिद्ध भारतीय उद्योगपति गौतम अडानीको मद्दतबाट उनलाई जिउदै उद्धार गरिएका थिए ।
केही समय अघि नेपालको अन्नपूर्ण हिमालको आरोहण गरेर फर्किने क्रममा करिब ५ हजार ८ सय मिटरभन्दा गहिरो खाडलमा खसेका भारतीय पर्वतारोही अनुराग मालुलाई अर्बपति गौतम अडानी र उनको अदानी फाउण्डेशनको सहयोगमा एयर लिफट्को माध्यमबाट उद्धार गरिएको थियो ।
अनुरागको उद्धार गरिएको उनका भाइ आशिष मालुले खुलासा गरेका छन् । आशिषले ट्विट गरे, “समयमै एयरलिफ्टिङको लागि शव्दभन्दा बाहिर कृतज्ञ !” अदानीले जवाफ दिए, “प्रीति (अदानी) र म मद्दत गर्न पाउँदा विशेषाधिकार पाएका छौं ।”