भारतमा पहिलो एआई विश्वविद्यालय खुल्दै
२ जेष्ठ २०८०, मंगलवार

भारतमा पहिलोपटक कृत्रिम बौद्धिकता (एआई) विश्वविद्यालय खुल्ने भएको छ ।
यस विश्वविद्यालयमा पढाइने कोर्सहरूमा सबै आधुनिक एआई प्रविधिको उपयोग गरिनेछ ।
मुम्बईको बाहिरी भागमा रहेको विश्वविद्यालयमा अगस्ट १ बाट काम शुरू गरिनेछ ।
युनिभर्सल एआई विश्वविद्यालयमा एआई र भविष्यका प्रविधिमा विशेष ग्राजुएट र पोस्ट ग्राजुएट कोर्स शुरू गरिनेछ ।
यस विश्वविद्यालयमा भर्ना भएका विद्यार्थीलाई एआईका बारेमा पढाइनेछ । भर्चुअल रियालिटी र सुपर कम्प्युटरको उपयोगका बारेमा उनीहरूले शिक्षा लिनेछन् । विश्वविद्यालयमा हाईटेक कक्षाकोठाहरू हुनेछन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया