पाकिस्तानी अभिनेत्रीको आरोपलाई दिल्ली पुलिसको कडा जवाफ
२८ बैशाख २०८०, बिहीबार

नयाँ दिल्ली, एजेन्सी । पाकिस्तानमा बदलिदो घटनाक्रमलाई लिएर भारत माथि लगाइरहेको दोषारोपणलाई लिएर दिल्ली प्रहरीले पाकिस्तानी अभिनेत्रीलाई कडा जवाफ फर्काएको छ ।
इमरान खानको गिरफ्तारी पछि, पाकिस्तानी अभिनेत्री र कार्यकर्ता सेहर शिनवारीले ट्वीट गरे, “कसैलाई दिल्ली पुलिसको अनलाइन लिङ्क थाहा छ ? मैले मेरो देशमा अराजकता र आतंकवाद फैलाउने भारतीय पिएम र र विरुद्ध उजुरी दर्ता गर्न चाहन्छु ।“
दिल्ली पुलिसले जवाफ दियो, “हामीसँग अझै पनि पाकिस्तानमा अधिकार क्षेत्र छैन, म जान्न चाहन्छु तपाई कसरी ट्वीट गर्दै हुनु हुन्छ … इन्टरनेट बन्द भएको बेला तपाईको कहाँबाट र कुन देशबाट यस्ता भारत विरुद्ध भ्रामक सन्देशहरु प्रवाहित गरिरहेको दिल्ली प्रहरीकोे उक्त अभिनेत्री संग प्रश्न गरेको छ । आतंकवादको मतियार पाकिस्तानमा अहिले उत्पन्न राजनीतिक संकटबाट भारतलाई कुनै सरोकार छैनन्, भारत एक बृहद लोकतान्त्रिक मुलुक हो, यहाँ विभिन्न जाति समुदायका मानिसहरु बासोबास गरिरहेको हुँदा कहिल्यैपनि त्यस्ता घटनाहरु नभएको हामी आफनो मुलुकको साथ साथै छिमेकी मुलुकको भलो चाहने भएको हुँदा अनावश्यक भारतलाई आक्षेप लगाउने कार्य तत्काल बन्द गर्नुपर्ने भारतीय अधिकारीहरुले बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया