क्यानडाद्वारा चिनियाँ कूटनीतिज्ञ निष्काशित
२६ बैशाख २०८०, मंगलवार

काठमाडौं- क्यानडा सरकारले सोमबार टोरन्टोमा एक चिनियाँ कूटनीतिज्ञलाई निष्कासन गरेको छ। एक विपक्षी सांसद माइकल चोङलाई धम्की दिएको आरोपमा चिनियाँ कूटनीतिज्ञ झाओ वेईलाई क्यानडाले निष्काशित गरेको हो।
सांसद माइकल चोङलाई चिनियाँ कुटनीतिज्ञले धम्की दिएको भन्दै क्यानडाकी विदेशमन्त्री मेलानी जोलीले एक विज्ञप्तिमामार्फत् झाओलाई निस्काशित गरेको जानकारी दिएकी छन् ।
क्यानडाको राजधानी ओटावामा रहेको चिनियाँ दूतावासले भने आफ्ना कुटनीतिज्ञलाई निष्काशित गर्ने निर्णयको विरोध गरेको छ।
क्यानडास्थित चिनियाँ दूतावासले एक विज्ञप्तिमा भनेको छ, ‘चीनले यसको कडा निन्दा र दृढताका साथ विरोध गर्दछ, र क्यानाडा पक्षसँग कडा विरोध गरेको छ।’ ‘चिनियाँ पक्षले दृढ प्रतिवाद लिनेछ, र त्यसबाट उत्पन्न हुने सबै परिणाम क्यानडाली पक्षले वहन गर्नेछ।’
फेसबुकबाट तपाईको प्रतिक्रिया