खराब मौसमको कारण पाकिस्तानी विमान भारतमा अवतरण गरेको खुलाशा
२५ बैशाख २०८०, सोमबार

नयाँ दिल्ली, एजेन्सी । खराब मौसमको कारण लाहोरमा अवतरण गर्ने पाकिस्तान इन्टरनेशनल एयरलाइन्सको विमान भारतमा अवतरण गर्नुपरेको खुलाशा भएको छ ।
पाकिस्तान इन्टरनेशनल एयरलाइन्स (पीआईए) को एक विमान खराब मौसमका कारण लाहोरमा अवतरण गर्न असफल भएपछि मे ४ मा भारतीय हवाई क्षेत्रमा प्रवेश गरेको थियो, एक रिपोर्टबाट खुलाशा भएको हो ।
मस्कटबाट पीआईए उडान पीके २४८ लगभग १० मिनेटको लागि भारतीय हवाई क्षेत्रमा थियो र भारतीय क्षेत्र मा १२९ किलोमिटर यात्रा गरेको थियो, रिपोर्टमा भनिएको छ । भारी वर्षाका कारण पाइलटले बाटो गुमाएर भारतीय अकाशमा आउन बाध्य भएको जनाइएकोछ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया