भारतीय दुतावासकाे अनुदानमा फोहोर पानी व्यवस्थापन परियोजनाको शिलान्यास
२४ बैशाख २०८०, आईतवार

सोलखुम्बु । भारतीय राजदूत र सोलखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष मिङ्मा छिरि शेर्पाले खुम्जुङ खुन्दे फोहोर पानी व्यवस्थापन परियोजनाको शिलान्यास गरेका छन् ।
शनिबार शिलान्यास गरिएको उक्त भारतीय अनुदान सहयोगमा निर्माण हुन लागेको हो ।
यो परियोजनाले सोलुखुम्बुका दुर्गम क्षेत्रमा सामुदायिक सेवा उपलब्ध गराउन सहयोग गर्ने बताइएको छ ।
खुम्जुङ, खुन्दे, नाम्चे बजार र थामे उपत्यकाका १२०० भन्दा बढी घरलाई बिजुली उपलब्ध गराउन सन् २०१७ जनवरीमा थामेखोला साना जलविद्युत परियोजनाको स्तरोन्नति गरिएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया