सरकारको प्रष्टीकरण– चीनबाट ६ अर्बको हतियार किन्नेबारे कुनै छलफल भएको छैन

वैशाख २०

सरकारले चीनसँग ६ अर्बको हतियार किन्नेबारे अहिलेसम्म कुनै छलफल नभएको प्रस्ट पारेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकपछि सञ्चारमन्त्री रेखा शर्माले यो विषयमा अहिलेसम्म मन्त्रिपरिषद्को बैठकमा छलफलको एजेण्डा नै नबनेको दाबी गरिन् ।

सरकारले चीनबाट ६ अर्बको हतियार किन्दैछ भन्ने विषय चर्चामा छ । त्यसबारे सरकारको आधिकारिक धारणा के हो भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भनिन्, ‘त्यस्तो प्रस्ताव क्याबिनेटमा केही आएको छैन । त्यसकारणले यो विषयमा छलफल र कुनै निर्णय भएको छैन । छलफल नै नभएको विषयमा सरकारको धारणा हुँदैन ।’

हतियार खरिद आवश्यक नीति नियम र कानूनभित्र रहेर हुने भए पनि अहिलेसम्म सरकारले त्यसबारे छलफल नगरेको उनले दोहो¥याइन् ।