भवानी राणाले भारत पुगेर भनिन‘रासायनिक मल उद्योग लगाउनुस्, बजार सुनिश्चित छ’

नेपाल उद्योग वाणिज्य महासंघकी पूर्व अध्यक्ष भवानी राणाले खाद्यान्न प्रशोधन, रासायनिक मल लगायतका क्षेत्रमा नेपालमा लगानीको सम्भावना राम्रो रहेको बताएकी छिन्।

मध्य प्रदेशको इन्दोरमा साउथ एसिया चेम्बर अफ कमर्शले गरेको छलफल कार्यक्रममा उनले सो धारणा राखेकी हुन्। ‘जनसंख्याको हिसाबले पनि खाद्यान्न प्रशोधन उद्योगको सम्भावना राम्रो छ। त्यो वाहेक पनि नेपालमा विजुली सहज बन्दै गएकोले रासायनिक मल उद्योग लगाउँदा राम्रो प्रतिफल पाइन्छ,’ उनले भनिन्, ‘नेपालमा रासायनिक मलको चर्को अभाव छ। त्यसैले एउटा उद्योग लगाएमा बजारको समस्या पनि हुँदैन।’

राणाले नेपालमा धेरै जडीबुटी पाइने बताउँदै जडीबुटीसँग सम्वन्धित उद्योगहरुबाट पनि राम्रो प्रतिफल पाइने बताईन्। उनले नेपाल र भारतबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सहकार्य गर्नुपर्ने पनि धारणा राखिन्।

शनिबार नै भएको अर्को कार्यक्रममा अध्यक्ष राणालाई वल्र्ड बुक अफ रेकर्डले एसियन म्यागनम अवार्डद्वारा सम्मान समेत गरेको छ।