अपरेशन कावेरी अन्तर्गत सुडानबाट १८६ भारतीयलाई उद्धार गरेर विमान कोच्चिमा अवतरण गरे
१८ बैशाख २०८०, सोमबार

नयाँ दिल्ली, एजेन्सी । हिंसाग्रस्त सुडानमा फसेका भारतीयहरुलाई त्यहाँबाट निकाल्न भारत सरकारले “अपरेशन कावेरी” मार्फत आज १८६ भारतीयलाई उद्धार गरेर कोच्चि लयाइएका छन् ।
हिंसाग्रस्त सुडानबाट निकालिएका १८६ भारतीयलाई लिएर एउटा उडान सोमबार केरलाको कोचीमा अवतरण गरेको हो ।
विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले ट्वीट गरे, “अपरेशन कावेरीले भारतीयहरूलाई घर फर्काउन जारी राखेको छ ।” उक्त अपरेसन अन्तर्गत भारतले सुडानबाट भारतीय मूलका करिब तीन हजार यात्रुलाई निकाल्ने तयारी गरेको छ । सुडानमा देशको सेना र अर्धसैनिक समूहबीच झडप भएर हिंसा भईरहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया