चीनले साउथ चाइना सीमा फिलिपिन्सका पानीजहाजलाई दुःख दिने कार्य अमानवियः अमेरिका

न्यूयर्क, एजेन्सी । दक्षिण चीन सागरमा फिलिपिन्सका पानीजहाजलाई लक्ष्ति गरेर निरन्तर दुख दिने कार्य अमानविय रहेको अमेरिकाले ठहर गर्दै तत्कालै उक्त दुख दिने काम बन्द गर्न चेतावनी दिए ।
अमेरिकाले चिनियाँ तटरक्षकलाई दक्षिण चीन सागरमा फिलिपिन्सका जहाजहरूलाई उत्पीडन रोक्न भनेको हो ।
“हामी बेइजिङलाई आफ्नो उत्तेजक र असुरक्षित आचरणबाट टाढा रहन आह्वान गर्दछौं,” अमेरिकी विदेश मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ । फिलिपिन्सले गत हप्ता दक्षिण चीन सागरमा चीनलाई “आक्रामक रणनीति” र “खतरनाक चाल” गरेको आरोप लगाएपछि यस्तो कुरा आएको हो ।