भारत र चीनसँग ऋण पुनर्संरचनाबारे छलफल गर्ने ः श्रीलंकन राष्ट्रपति

कोलम्बो, एजेन्सी । श्रीलंकाले ऋणको बोझ घटाउन र व्यवस्थापन गर्न आईएमएफ समर्थित योजनाको भागको रुपमा भारत, चीन संग पुनरविचार गर्ने श्रीलंकन राष्ट्रपतिले भनेका छन्।
श्रीलंकाले राष्ट्रको ऋण घटाउन र व्यवस्थापन गर्न आईएमएफ समर्थित योजनाको एक भागको रूपमा, भारत, चीन र पेरिस क्लबसँग अलग–अलग ऋण पुनसंरचना वार्ता गर्नेछ, श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिङ्घेले भने ।
अर्थमन्त्री समेत रहेका विक्रमासिङ्घेले भने, “श्रीलंकाको कुल ऋण ८३.६ बिलियन डलर रहेको छ । विदेशी ऋण ४१.५ बिलियन डलर र घरेलु ऋण ४२ अर्ब डलर छ ।”