१६ किलो सुनसहित १८ सुडानी महिला मुम्बईमा पक्राउ
१३ बैशाख २०८०, बुधबार

मुम्बई, एएनआई । १० करोड मूल्य बराबरको १६ किलोग्राम सुन सहित १६ महिलालाई मुम्बईमा भारतीय प्रहरीले पक्राउ गरेका छन् ।
राजस्व गुप्तचर निर्देशनालय (डीआरआई) ले मुम्बई एयरपोर्टमा १० करोड रुपैयाँ मूल्यको १६ किलोग्राम सुन ल्याएको आरोपमा १८ सुडानी महिला र एक भारतीयलाई पक्राउ गरेका हुन् ।
एक सुरक्षा अधिकारीका अनुसार तीन उडानमा आएका ति महिलाहरुले धेरैजसो सुन शरीर भित्र लुकाएकाले पत्ता लगाउन निकै गाह्रो भएको उनले बताए । पक्राउ परेकी महिलाहरुलाई हिरासतमा लिई आवश्यक अनुसन्धान भईरहेको भारतीय सुरक्षा अधिकारीको भनाईलाई उढृत गर्दै एएनआईले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया