निर्वाचन आचारसंहितामा पनि पैसाको चलखेल , पैसाको पछि लाग्ने मात्र यादव सङ – महतो
९ बैशाख २०८०, शनिबार

काठमाडौं बैशाख ७ गते – मधेश प्रदेशको बारा छेत्र नम्बर २ मा आसन्न उपनिर्वाचनमा उपेन्द्र यादव पराजित हुने लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता राजेन्द्र महतोले दावी गरेका छ्न । अहिले जनता कुनै हालतमा समाजवादी पार्टीका अध्यक्ष समेत रहेका उपेन्द्र यादवलाई भोट् नदिने ठोकुवा गर्नु भयो । आफ्नो समाजिक संजालमा जनतालाई सचेत गराउदै लोसपा नेपालका केही नेता पैसाको भरमा उपेन्द्रको वाहवाहीमा लागेको बताए । यता यादवलाई जसरी हुन्छ जिताउने भन्दै उनको पक्षको टोलिले निर्वाचन आचारसंहितामा पनि घर घरमा गई पैसा बाडने खेलमा लागेको जनताले बताई रहेका छन तर हामी पैसा न बिक्ने जनताले भनेका छ्न । राती – राती को समयमा उपेन्द्र यादवको समूह बिदेश बाट आएको पैसाले जनताको मत किन्ने दाउमा लागि परेका छ्न ।
हामी लाई आम सभामा जान लाई पैसा दियो । भोट् दिन भनेका हुन । स्थानीय
महतोको भनाई अनुसार यदवको विरुद्ध रहेको मत बिभाजन नहोस भनी लोसपाले आफ्नो उम्मेदवार उपनिर्वाचनमा नउतारेको हो । नेता राजेन्द्र महतो सहित लोसपा नेपालको ठुलो समुह जनमत पार्टीका उम्मेदवार शिवचन्द्र प्रसाद कुसवाहाको पक्षमा जिताउने अभियानमा लागेको छ । उपेन्द्र आफै सप्तरी २ मा पराजित भएर आफ्नो स्थान छोडेर बारा २ मा आएका हुन । स्थानीय जनताको भनाई अनुसार यिनिको कुनै भरोसा गर्न सकिदैन यिनी भोलि फेरि पार्टीको नाम , दल , समूह बदलिन सक्छ्न उपेन्द्र यादव माथी भरोसा किन गर्ने ?
फेसबुकबाट तपाईको प्रतिक्रिया