बेपत्ता भारतीय पर्वातारोही अनुराग मोलुको जिवितै उद्धार
७ बैशाख २०८०, बिहीबार

रौतहट, ७ वैशाख । अन्नपूर्ण हिमालबाट चार दिन देखि बेपत्ता भएका एक भारतीय पर्वतारोहीलाई तिन सय मिटर गहिरो खोचबाट जिवितै उद्धार गरिएको छ ।
३४ वर्षीय भारतीय पर्वतारोही अनुराग मालुलाई उद्धारकर्ताले जीवितै फेला पारेको बताइएको हो ।
सेभेन समिट ट्रेक्सका अनुसार ७ जना नेपाली उद्धारकर्ताले ३०० मिटर गहिरो खोंचमा उनलाई जिवितै फेला पारेका हुन् । उनलाई उद्धार गरेर उपचारका लागि पोखरा स्थित मणिपाल अस्पताल ल्याइएको जानकरी दिँदै सेभेन समिट ट्रेक्सका जीएम थानेश्वर गुरागाईले बताए । उनको स्वास्थ्य गम्भीर छ, चिकित्सकहरुले उपचार गरिरहेका छन् ।
यसअघि अन्नपूर्ण हिमालमै गत सोमबार नै बेपत्ता भएकी २७ वर्षीया भारतीय पर्वतारोही बलजित कौरलाई पनि उद्धारकर्ताले जीवितै उद्धार गरेका थिए ।
भारत राजस्थानको किसनगढ निवासी अनुराग मालु गत सोमबार अन्नपूर्ण हिमालको ६ हजार मिटर उचाइमा लडेर बेपत्ता भएका थिए । ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल विश्वको १० औं अग्लो हिमालको सूचीमा पर्दछ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया