राष्ट्रपति रामचन्द्र पौडेललाई उपचारका लागि दिल्लीको एम्समा लगियो
६ बैशाख २०८०, बुधबार

काठमाडौं, ६ वैशाख । नेपालका राष्ट्रपति रामचन्द्र पौडेललाई स्वास्थ्य उपचारको लागि भारतको नयाँ दिल्ली स्थित भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा एयर एम्बुलेन्सबाट लगियो ।
नेपालका राष्ट्रपति पौडेललाई उपचारका लागि बुधबार एयर एम्बुलेन्सबाट अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) नयाँ दिल्ली लगिएको अधिकारीहरूले पुष्टि गरेको हो । श्वासप्रश्वासमा समस्या आएपछि पौडेललाई मंगलबार काठमाडौंको शिक्षण अस्पतालमा भर्ना गरिएको थियो ।
यस महिनाको सुरुमा, ७८ वर्षीय राष्ट्रपति पौडेललाई पेट दुखेको गुनासो गरेपछि अस्पतालमा भर्ना गरिएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया