पाकिस्तानमा सुरक्षा खतरा बढ्दै जाँदा चिनियाँ संचालित व्यावसायहरु बन्द हुदै

कराची, एजेन्सी । चीनको विस्तारवादी नीतिबाट आजिज भएका पाकिस्तानी नागरिकहरु चिनियाँहरुलाई निशाना बनाउदै जाँदा सुरक्षा खतरा बढेको संकेत गर्दै चिनियाँ व्यवसायहरु पाकिस्तानमा धमाधम बन्द हुदै ।
पाकिस्तानमा प्रहरीले सुरक्षा खतराको कारण कराचीमा चिनियाँ नागरिकहरूले सञ्चालन गर्ने केही व्यवसायहरू अस्थायी रूपमा बन्द गरेको बताइएको हो ।
रिपोर्टका अनुसार पाकिस्तानी जनतामा बढ्दो चीन विरोधी भावना स्थानीय सरकार र सुरक्षा निकायका लागि नियन्त्रण गर्न गाह्रो भइरहेको छ । गत वर्ष कराँचीमा आत्मघाती बम आक्रमणमा तीन चिनियाँ शिक्षक र एक पाकिस्तानी चालकको मृत्यु भएको थियो ।
पाकिस्तानी नागरिकमहरुको निशाना बन्दै गरेको चिनियाँ नागरिकहरुद्धारा नीजि रुपमा संचालनमा ल्याएका व्यवसायहरु अवस्था साम्य नभए सम्मको लागि अस्थिायी रुपमा बन्द गरिएको पाकिस्तानी समाचारपत्रहरुमो रिपोर्ट उल्लेख गरिएको छ । एजेन्सी