सुडानमा रहेका भारतीय नागरिकहरूलाई घर भित्रै बस्न भारतले भन्यो

सुडान, एजेन्सी । सुडानमा दुई सैन्य समुह विच भईरहेको हिंसक झड्पको क्रममा आफना नागरिकहरुलाई घर भित्रै बस्न भारतले सर्कुलर जारी गरेका छन् ।
सुडानस्थित भारतीय दूतावासले सुडानमा रहेका सबै भारतीय नागरिकलाई सेना र अर्धसैनिक बलहरूबीचको लडाइमा घरभित्रै बस्न सल्लाह एवं सर्कुलर जारी गरेका हुन् ।
दूतावासले लुटपाटका धेरै घटनाहरू भईरहेको र भारतीयहरूलाई उनीहरू बसोबास गरिरहेको घर सम्म राशनको आपूर्ति गरिने छ दुतावासले भनेको छ ।
“परिस्थिति अझै पनि केही दिन सम्म जारी रहन सक्छ । त्यसैले कृपया आ आफ्ना छिमेकीहरूबाट मद्दत लिने प्रयास गर्नुहोस्,“ यसले थपे ।