भारतीय सहरमा पर्यटन व्यावसायीको प्रवद्धर्न अभियान

कोरोना भाइरस संक्रमणले थलिएको पर्यटन क्षेत्रलाई उकास्ने प्रयासमा पर्यटन व्यावसायी लागेका छन्। त्यसका लागि व्यावसायीले भारतका विभिन्न सहरमा प्रवद्धर्न अभियान चलाउन थालेका छन्। नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाट्टा) गण्डकीले भारतीय सहरमा प्रवद्धर्नअभियान थालेको हो।

प्रवद्र्धन अभियानले पोखरामा थप भारतीय पर्यटक भिœयाउन सहज हुने अपेक्षा व्यावसायीको छ। नाट्टा गण्डकी अध्यक्ष हरिराम अधिकारीका अनुसार भारतीय सहर विहारको पटना, उत्तरप्रदेशको वाराणसी, अयोध्या र गोरखपुरमा प्रवद्र्धनात्मक कार्यक्रम चलाउन थालिएको हो। ‘सहजै नेपाल आउन सकिने गन्तव्यमा अहिले हामीले प्रवद्र्धन अभियान थालेका हौ,’ अधिकारीले भने, ‘हुन त अहिले पनि भारतीय पाहुना त पोखरा आएकै छन। यो आकार अझै बढाउन सकिने अपेक्षा रहेको छ।’

पर्यटन प्रवद्र्धनको अभियान चलाउनका लागि पोखराबाट व्यावसायी भारततर्फ लागेका छन्। उनीहरुले भारतीय सहरमा व्यवसायीसँग छलफल, भेटघाट, व्यवसायिक अनुभव आदानप्रदान, ट्राभल र टुर अपरेटरसँगको अन्तरक्रिया राखेका छन्। ‘नितान्त व्यासायिक गतिविधिका लागि व्यावसायीले अभियान थालेका हुन्,’ उनले भने, ‘पोखराका लागि महत्वपूर्ण पर्यटन बजार भएकोले पनि हामीले ती सहरलाई रोजेका हौ।’

पोखराबाट नजिक र स्थलमार्गबाटै आउजाउ गर्न सकिने तथा यहीबेला भारतीय सहरमा अधिक गर्मि हुने भएकोले पनि पर्यटकलाई नेपाल बोलाउन आफुहरु जान थालेको उनले बताए। ‘हुन त अहिले पनि भारतीय पाहुना नेपाल आएका छन। तर यो आकार अझै बढाउने अपेक्षा हो। यो बेला भारतीय पर्यटकको सिजन पनि हो,’ उनले भने, ‘कोरोना संक्रमणले थलिएको पर्यटन बजारमा भारतीय पाहुना थप्न सकियो भने यसले व्यवसायीलाई लाभ दिने अपेक्षा हो।’ प्रवद्र्धन अभियानका क्रममा त्यहाँका पर्यटन व्यावसायी मार्फत भारतीय पाहुनालाई पोखरा घुम्न आउनु भनेर निम्ता दिने पनि उनले बताए।

नाट्टाका पूर्व अध्यक्ष सञ्जयकान्त सिग्देलले धार्मिक पर्यटकका लागि अहिलेको समय उपयुक्त भएको बताए। त्यसबाहेक पोखरा घुमघाम सबैखाले मौसमका लागि उपयुक्त रहेको भनेर सन्देश दिन जरुरी रहेको सिग्देलले बताए। ‘पोखरा घुमघाम सबै मौसमका लागि उपयुक्त छ। अरुतिर यो बेला गर्मिले सकस थपेको बेला पोखरामा आउँदा पर्यटकले राहत अनुभव गर्नेछन,’ उनले भने, ‘पर्यटक आगमन बढाउने विकल्प प्रवद्र्धन अभियान हो।’ बोर्डर सिटीको यो प्रवद्र्धन अभियान पोखराका लागि बढी प्रभावकारी हुने उनले बताए। ‘पोखरा आउजाउका लागि ती सहरबाट नजिक पर्छ । आफ्नै गाडीमा पनि पर्यटक सहजै आउजाउ गर्न सक्छन,’ उनले भने।

पोखरा पर्यटन परिषद् (पिटिसी)का अध्यक्ष पोमनारायण श्रेष्ठले ठुलो आकारको जनसंख्या भएका ती सहरबाट थोरै संख्यामा पाहुना भिœयाउन सकेपनि लाभ पुग्ने बताए। ‘भारतका कुनैपनि सहरमा करोडौं जनसंख्या हुन्छ। ती सहरबाट थोरै आकारमा मात्र भारतीय पाहुना पोखरा आउने हो भने त्यसले पोखराको पर्यटनमा लाभ दिनेछ,’ श्रेष्ठले भने, ‘अहिले नेपाललाई पर्यटक चाहिएको छ। आन्तरिक पाहुना पनि आएका छन। त्यही आगमनमा भारतीय र चिनियाँ पर्यटक भिœयाउन सक्ने हो भने लाभ हुन्छ। पर्यटन व्यावसायी अब भारतीय पर्यटक भिœयाउने योजनामा प्रवद्र्धनमा खटिन थालेका हुन्।’

परिषद्ले यो बाहेक अन्य मुलुकमा पनि प्रवद्र्धनात्मक गतिविधि लिएर जाने तयारी भएको बताए। पोखरामा बढी पर्यटक भित्रिने मुलुकका रुपमा भारत, बंगलादेश लगायतका मुलुक रहेकोले ती मुलुकमा पनि प्रर्वद्धन अभियान चलाउने तयारी रहेको श्रेष्ठले बताए। ‘पर्यटक क्षेत्र यो बेला निकै नै संकटमा छ। सिजनका बेला पनि पाहुना आएका छैनन। तेश्रो मुलुकका पर्यटक भिœयाउन सहज नभएपनि छिमेकी मुलुकका पाहुना भिœयाउन सक्ने हो भने राहत मिल्थ्यो,’ उनले भने।