पञ्जाबका बीजेपी नेता बलविन्दर गिल माथि गोली प्रहार

पञ्जाब, ४ बैशाख । पञ्जावका भारतीय जनता पार्टीका नेता बलविन्दर गिल माथि आईतवार राति गोली प्रहार भएको छ ।
भाजपा नेता गिललाई आइतबार राति अमृतसरमा उनको घर बाहिर दुई मोटरसाइकलमा आएका आक्रमणकारीहरूले गोली हानेका थिए र हाल उनको उपचार केडी अस्पतालमा भइरहेको भारतीय समाचार माध्यमले जनाएको हो ।
केडी अस्पतालका एक अधिकारीले भने, “गोली उनको चिउँडोमा लागेको थियो, अनुहारमा चोट लागेको थियो; उनको तल्लो हड्डी पनि भाँचिएको भएपनि उनी खतरामुक्त छन्,” ।
केडी अस्पतालका एक अधिकारीले भने अनुहार ढाकेका आक्रमणकारीको पहिचानका लागि प्रहरीले अनुसन्धान थालेको छ ।