भारतीय गृह मन्त्री अमित शाह गोवाको नागेश मन्दिरमा दर्शनका लागि पुगे
४ बैशाख २०८०, सोमबार

नयाँ दिल्ली, एजेन्सी । भारतको गृह मन्त्री अमित शाह गोवाको नागेश मन्दिरमा दर्शन गरेको छ ।
गृहमन्त्री शाह र गोवाका सीएम प्रमोद सावन्तले आइतवार बन्दोराको नागेश मन्दिरको दर्शन गरेको हो । एउटा भिडियोमा भाजपाका दुई नेताहरूले मन्दिरमा पूजा गरिरहेको देखाइएको छ ।
शाहले ट्वीट गर्दै भनेका छन्, “भगवान श्री नागेश महारुद्र सँग गोवा र देशवासीहरूको कल्याणको लागि प्रार्थना गरे ।” २०२४ को आम चुनावको लागि प्रचार गरिरहेका शाहले गोवा इन्जिनियरिङ कलेजमा एक सार्वजनिक सभालाई पनि सम्बोधन गर्न गोवा गएको वेला नागेश मन्दिरमा दर्शन गरेको भारतीय समाचार माध्यमले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया