भारतीय प्रधानमन्त्री मोदी विश्वको सबैभन्दा लोकप्रिय नेता हुन्–अमेरिकी बाणिज्य सचिव

नयाँ दिल्ली, एएनआई । अमेरिकी वाणिज्य सचिव जीना रेमन्डोले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विश्वको सबैभन्दा लोकप्रिय नेता रहेको बताइएकी छिन् ।
अमेरिकी वाणिज्य सचिव जीना रेमन्डोले प्रधानमन्त्री नरेन्द्र मोदी सँगको घन्टा लामो भेटको बारेमा कुरा गर्दै यसलाई “अविश्वसनीय अवसर” भन्दै विश्वको सबै भन्दा लोकप्रिय नेताको सुचीमा सुमार रहेको मोदी संग भेट्न अवसर पाएकोमा खुशी व्यक्त गरिन् । उहाँलाई “अविश्वसनीय, दूरदर्शी” राजनेता भन्दै रेमन्डोले थपे, “प्रधानमन्त्री मोदीे एक कारणका लागि सबैभन्दा लोकप्रिय विश्व नेता हुनुहुन्छ । भारतका जनताप्रति उहाँको प्रतिबद्धताको स्तर अवर्णनीय छ, भारतलाई अगाडि बढाउने उहाँ चाहनाले स्पष्ट सन्देश दिएको छ की उहाँ विश्वव्यापी शक्ति वास्तविक हो ।”