मालदार मन्त्रालय पाउने लोभमा उपेन्द्रको पछि लागे सोनल, बारा २ मा लोसपा कार्यकर्ताले साथ दिएनन्
३० चैत्र २०७९, बिहीबार

काठमाडौं । लोसपाका मधेश प्रदेशका नेता एवं प्रदेश सांसद जितेन्द्र सोनल अहिले जसपा अध्यक्ष उपेन्द्र यादवलाई जिताउने भनेर बारा २ पुगेका छन् । मधेश प्रदेश सरकारको नेतृत्व जसपाले गरिरहेको छ । उपेन्द्रले भौतिक पूर्वाधार मन्त्री बनाउने आश्वासन दिएपछि पार्टीमा म आफै कमाण्डर बनेर उपेन्द्र जिताउन जान्छु भन्ने ढिपी गरेर सोनल बारा पुगेको लोसपामा एक उच्च नेताले बताए । ‘केही पाइहाल्छु कि भन्ने उहाँको आशा छ । उपेन्द्रजीले मालदार मन्त्री बनाउँछु भनेर आफै बोलाउनुभएको रहेछ । मै कमाण्डर हो भनेर सोनलजी बारा पुग्नुभएको छ,’ लोसपाका एक नेताले भने, ‘तर बारामा हाम्रा कार्यकर्ता उपेन्द्रजीप्रति रुष्ट छन् । परिणाम के आउँछ निर्वाचन कुर्नैपर्छ ।’ सोनलको विगतको ट्रयाक हेर्ने हो भने पनि स्वच्छ छैन । अघिल्लो कार्यकालमा करिब साढे ३ वर्ष मधेस सरकारको भौतिक पूर्वाधार मन्त्रालयमा रहि भ्रष्टाचारका विभिन्न आरोप खेपेका थिए । बहिगर्मनको बेला पनि मोटरसाइकल चढेर बाहिरिने र बीचमा पुगेपछि गाडी चढेर चटक देखाएका थिए । अहिले प्रदेश सरकारमा पुन: भौतिक पूर्वाधार मन्त्री बन्नकै लागि बारा-२ मा भइरहेको प्रतिनिधिसभा उपनिर्वाचनमा जसपाबाट उम्मेद्वार रहेका यादवलाई चुनाव जिताउन चुनावी कमाण्डर घोषित गरेर गएका छन् । तर उपेन्द्रलाई चुनाव जिताउन भनी आएका सोनललाई उनकै पार्टीका कार्यकर्ता तथा समर्थकले बाह्य उम्मेदवारलाई भोट दिन नसकिने भन्दै साथ दिएका छैनन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया