तनावका बीच चीनले किन बन्द गर्न लागेको ताइवानको हवाई क्षेत्र ?
३ बैशाख २०८०, आईतवार

एजेन्सी – ताइवानसँगको विवादका बीच चीनले १६ देखि १८ अप्रिलसम्म उत्तरी ताइवानको हवाई क्षेत्र बन्द गर्ने विचार गरिरहेको छ। यस अन्तर्गत यस क्षेत्र वरपरको उडान सेवा प्रभावित हुन सक्छ। तर, अहिलेसम्म चीन र ताइवानले यसबारे कुनै टिप्पणी गरेका छैनन् । ताइवानलाई लिएर चीनको आक्रोश कम हुन सकेको छैन। चीनले उत्तरी ताइवानको हवाई क्षेत्र बन्द गर्ने योजना बनाएको छ । चीनले १६ देखि १८ अप्रिलसम्म उत्तरी ताइवानको हवाई क्षेत्र बन्द गर्न सक्छ। यस विषयमा सम्बन्धित स्रोतले यो जानकारी दिएको हो ।
स्रोतका अनुसार चीनको यो कदमले ताइवानको यस क्षेत्र वरपरको उडान सेवा प्रभावित हुन सक्छ। तर, चीन र ताइवानका विदेश मन्त्रालयले भने यसबारे कुनै प्रतिक्रिया दिएका छैनन् ।
यस विषयको संवेदनशीलतालाई ध्यानमा राख्दै चीन बाहिरका चार अधिकारीले नाम न छाप्ने सर्तमा यो प्रतिबन्धले ताइवानको उत्तरी उडान सूचना क्षेत्रमा उडान सेवा प्रभावित हुने बताए। तर हामी यो सम्भावित प्रतिबन्धको कारणहरू बारे अझै जान्दैनौं।
फेसबुकबाट तपाईको प्रतिक्रिया