अमित शाहको अरुणाचल भ्रमणमा चीनको आपत्ति प्रति भारतको कडा प्रतिक्रिया
२९ चैत्र २०७९, बुधबार

नयाँ दिल्ली, एजेन्सी । भारतीय गृह मन्त्री अमित शाहले अरुणाचल प्रदेशको भ्रमण गर्दा चीनको अपत्ती प्रति भारतीय विदेश मन्त्रालयले कडा रुपमा प्रतिक्रिया जनाएको छ ।
अरुणाचल प्रदेशको भ्रमण गरेका गृह मन्त्री अमित शाह प्रति आपत्ति जनाएको चिनियाँ वत्तव्य पछि विदेश मन्त्रालयले मंगलबार कडा रुपमा प्रस्तुत हुँदै भनेको छ, अरुणाचल प्रदेश भारतको अभिन्न अंग हो र अविभाज्य अंग थियो, छ र सधैं रही रहने छ भन्दै कडा रुपमा प्रतिक्रिया जनाएको हो ।
गृहमन्त्री शाहको राज्य भ्रमणमा चीनले आपत्ति जनाएपछि भारतीय विदेश मन्त्रालयले यस्तो भएको छ । मन्त्रालयले थपे, “यस्ता भ्रमणहरूमा आपत्ति जनाउनु तर्क संगत छैन र माथिको वास्तविकतालाई परिवर्तन गर्न सक्दैनन, त्यसैले सबै कुरा माथि विचार पुर्याएर मात्रै प्रतिक्रिया जनाउन चीनलाई विदेश मन्त्रालयले नसिहत दिएका छन् ।”
फेसबुकबाट तपाईको प्रतिक्रिया