युक्रेनका प्रथम उप विदेश मन्त्री एमिने दिल्लीमा

नयाँ दिल्ली, एजेन्सी । युक्रेनी प्रथम उप विदेश मन्त्री एमिने जेप्पर सोमवार दिल्लीमा आइपुगेको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।
युक्रेनका प्रथम उप विदेश मन्त्री एमिने जेप्पर सोमबार दिल्लीमा विदेश मन्त्रालयमा आइपुगे र विदेश सचिव (पश्चिम) सञ्जय वर्मासँग भेट गरेको जनाइएको हो ।
रुस–युक्रेन द्वन्द्व सुरु भएदेखि भारत भ्रमण गर्ने उनी पहिलो युक्रेनी अधिकारी हुन् । यसअघि एमिनेले ट्वीट गरेकी थिइन्, “आज, # भारत विश्वगुरु बन्न चाहन्छ, युक्रेनलाई समर्थन गर्नु नै साँचो विश्वगुरुको लागि सही विकल्प उनले बताइन् ।”