टिप्ताला र किमाथाङका चिनियाँ नाका खुलाउन प्रधानमन्त्रीलाई ज्ञापनपत्र
२४ चैत्र २०७९, शुक्रबार

इलाम । कोरोना महामारीका कारण ३ वर्षदेखि बन्द रहेका टिप्ताला र किमाथाङका नाका खुलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराइएको छ।
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाअन्तर्गत ओलाङचुङगोलाको टिप्ताला र संखुवासभाको भोटखोला गाउँपालिकामा अवस्थित किमाथाङका नाका खुलाउन सहजीकरणका लागि प्रधानमन्त्री दाहाललाई जनप्रतिनिधिहरूले ज्ञापनपत्र बुझाएका हुन्।
फक्ताङलुङ गाउँपालिकाका अध्यक्ष राजन लिम्बु (मुक्ति) र भोटखोला गाउँपालिकाका अध्यक्ष वाङ छोदार भोटे, फक्ताङलङ–७ का वडाध्यक्ष छेतेन वालुङसहितको प्रतिनिधि टोलीले भेटघाट गरेका हुन्।
यस विषयमा पनि छलफल हुने र चाँडै नै नाका सञ्चालनमा ल्याउने प्रतिबद्धता पाएको टोलीका सदस्य मिङमा डन्डु शेर्पाले जानकारी दिए।प्रतिनिधि तस्बिर
फेसबुकबाट तपाईको प्रतिक्रिया