चीनको हेपहा प्रवृति

 काठमाडौं – नेपाल आफैमा एक सार्बभौम रास्ट्र हो , यसको आफ्नै अस्तित्व र अस्मिता छ । सानै भए पनि नेपालको मौलिक किसिमको भौगोलिक विविधता छ । नेपालको धार्मिक मान्यता र सास्कृतिक परम्परा पनि बिश्वकै सम्य रास्ट्रहरुमध्येको एक हो । यो नितान्त स्वाभाविक हो कि कुनै रास्ट्र आर्थिक मापदण्डमा सबल र हुन सक्छ । धन धनत्व र भौगोलिक छेत्रकका आधारमा विभिन्नता हुन अति सामन्य विषयक हो । राजा पृथ्वी नारायण शाहको नेपाललाई दुई ढुङ्गा विचको तरुल भनेर ब्याख्या गरेर नेपालको क्षमता को चर्चा गरेका थिए । यसलाई दुई बिशाल रास्ट्रहरु भारत र चीन बिचको एउटा् स्वतन्त्र हिस्साका रूपमा अटयाउन खोज्दै नेपालले दुबै रास्ट्रहरु बाट समुचित सुबिधा उपभोग गर्न सक्छ भन्नेतिर ईङित गरेका हुन । तर वास्तविकतामा भयो के भने भारतसङ त नेपालको जेनतेन धेरै प्रश्नहरु र समान रुपले ब्यवदृत हुन्छन् । नेपाल – भारतको सास्कृतिक र धार्मिक परम्पराहरु मुलतः एकै हुन , भासा र ब्यवहार पनि धेरै थोरै एकै किसिमका छ्न । तर चीन सङ भने उल्टो हुन पुग्यो । यो रित्तोपन वर्तमान समयमा त यति फराकिलो भयो कि चीन एक तवरले नेपालको पोल्यो भित्रको शत्रु भन्दा पनि धेरै घातक रास्ट्र बन्यो । चीनले मित्रता नाममा नेपाललाई कुटने अनेक र बारम्बार प्रयत्नहरु गरीरहेको छ । आफ्न कुटिल योजना अन्तर्गत नेको अर्थतन्त्र ध्वस्त बनाउने , परतन्त्र राख्ने , नेपाली सस्कृती र परम्परा मास्ने काम चीनबाट निरन्तर रूपमा भई रहेका छ्न । नेपालका राजनीतिज्ञ पनि चीन बाट अनावश्यक रूपमा प्रभावित भई रास्ट्रलाई ऋणको भडखालोमा हाल्न उद्र्त देखिन्छ । सुझो न बुझो भने यस्तो चीनको हरेक परियोजनामा सामेल हुने , कम्युनिस्ट एकताको नाममा चीनको निर्देशनलाई सर्बोपरी मान्ने , कुनै दुरगामी सोच बिनै जता भने त्यतै लहै लहै मा लाग्ने र सिमित स्वार्थको निम्ति रास्ट्र हित विरुद्ध निर्णय लिने प्रवितीले नेपाललाई दिन दिनै क्षति गरिरहेको छ । भारतसङ त कमसे कम भासाको समान ब्यवहार गर्न सकिन्छ , जन स्तरको सम्बन्ध एउटा् अनुपम सुन्दर विषय हो । तर चीन सङ नेपालले कामदासाय आफ्न विषयहरु सम्प्रेषण गर्ने आधार पनि छैनन् । यी त राजनैतिक अदुरदर्सिताका कार,नेपालले भोग्न परेका समस्याहरु । अर्को मुल समस्या के छ भने चीनले नेपालको सामाजिक संरचना पनि धेरै हदसम्म ध्वस्त बनाएको छ । ठमेल जस्तो नेपालको पारम्परिक आकर्षण , आकरणिाय पर्यटकिय स्थलमा नाना थरिका गैर कानुनी क्रियाकलापहरु संचालन गरेर यसको विशेषतालाई हानी पुर्‍याएको छ । हाल सालै नयाँ बानेश्वरमा चिनियाँ नागरिकहरुद्वारा नेपालको स्थापित कानुन प्रणालीको धज्जी उडाउने काम भएको छ । साधारण भासामा भन्नुपर्दा चीनले केही बर्ष यता नेपालमा आफ्नो बर्चस्व देखाईरहेको छ । यी विषयको नाली बेलि केलाउन हो भने एउटा् लामो संकथन नै बन्न जान्छ ।बस नेपालीले नेपाललाई माया गर्न सक्नु पर्‍यो , आफ्नो भूगोल र राष्ट्रियताको रक्षा गर्न सक्नु पर्‍यो । यसको निम्ति चिनबाट हुन गई रहेका विभिन्न गतिविधि हरुलाई रोक लगाउन सरकार लगायत आम जनता सजग हुन आवश्यक रहेको छ ।