भारतले आफनो झण्डाको अपमान कहिल्यै सहन नसक्नेः एस जयशंकर

नयाँ दिल्ली, एजेन्सी । भारतीय विदेश मन्त्री एस जयशंकरले राष्ट्रिय झण्डा तिरंगाको अपमान बर्दास्त गर्न नसक्ने चेतावनी दिए ।
विदेश मामिला मन्त्री एस जयशंकरले गत आईतवार भने कि यो कुनै पहिलाको भारत होइन जसले आफ्नो राष्ट्रिय झण्डा तल झारेको स्वीकार गर्नेछ, यो विकसित भारत हो भारतीय झण्डाको अपमान गर्नेलाई त्यसै नछाड्ने बताए ।
“हामीले लन्डन, क्यानडा, सान फ्रान्सिस्कोमा घटनाहरू देख्यौं त्यहाँ धेरै सानो संख्यामा अल्पसंख्यकहरुको बसोबास छ, त्यो अल्पसंख्यक पछाडि धेरै स्वार्थहरू छन्,“ उनले थपे ।
उनी संग कर्नाटकमा हालै भएको खालिस्तानी समर्थक आन्दोलनका बारेमा प्रश्न सोध्दा उक्त टिप्पणी गरेका छन् ।