भारतीय जनता पार्टीका नेताको बंगालको पूर्वी बर्दवान जिल्लामा हत्या
२१ चैत्र २०७९, मंगलवार

भारत, १९ चैत । भारतीय जनता पार्टीका नेता तथा कोइला व्यवसायी राजु झाको पश्चिम बंगालको पूर्वी बर्दवान जिल्लामा हत्या गरिएको छ ।
हत्यामा प्रयोग भएको निलो रङ्गको कार आइतबार बिहान प्रहरीले बरामद गरेको हो । यद्यपि, गाडीको नम्बर प्लेट नक्कली रहेको छ । राजु झा माथि गोली प्रहार गर्नेहरू यही गाडीमा रहेको दाबी गरिएको छ ।
राजु झा माथि शनिवार राति करिब ८ बजे राजमार्ग छेउमा रहेको शक्तिगढमा निलो रङ्गको कारमा सवार अज्ञात आक्रमणकारीले गोली प्रहार गरेका थिए ।
गोली प्रहारको कारण ड्राइभिङ सिटमा बसेका राजु र उनका एक सहकर्मी गम्भीर रूपमा घाइते भएका छन् ।
राजु झालाई अस्पताल लैजाने क्रममा मृत घोषणा गरिएको थियो । त्यसपछि आक्रमणकारी कार त्यहीँ छोडेर भागेको प्रहरीको अनुमान छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया