भारतीय कांग्रेसका नेता राहुल गान्धीविरुद्धको सजाय तत्काल कार्यान्वयन नहुने
२१ चैत्र २०७९, मंगलवार

एजेन्सी
मानहानिको मुद्दामा दुई वर्ष कैद सजाय सुनाइएका भारतीय कांग्रेसका नेता राहुल गान्धीविरुद्धको सजाय तत्काल कार्यान्वयन नहुने भएको छ ।
पुनरावेदन अदालतले तल्लो अदालतको फैसला तत्काल कार्यान्वयन नर्गन भनेको भारतीय सञ्चारमाध्ययमले जनाएका छन् । गान्धीले आफूलाई मानहानि मुद्दामा दोषि ठहर गर्ने तल्लो अदालतको फैसालाविरुद्ध हिजो गुजरातको सुरत अदालतमा पुनरावेदन निवेदन दिनुभएको थियो । पुनरावेदन अदालतले अर्को सुनुवाइ अप्रिल १३ का लागि तोकेको छ ।
अब पुनरावेदनको सुनुवाइ टुंगोमा नपुगेसम्म तल्लो अदालतको फैसला कार्यान्वयन हुने छैन । पुनरोदन अदालतले अर्को पक्षको उपस्थितिबिना अन्तिम फैसला दिन नमिल्ने बताएको छ । सन् २०१९ मा एक राजनीतिक सभामा सबै मोदी किन चोर हुन्छन् भन्ने अभिव्यक्ति दिनुभएको थियो ।
अभिव्यक्तिविरुद्ध भारतीय जनता पार्टीका गुजरातका पूर्वमन्त्री पुर्नेश मोदीले मुद्दा दायर गर्नुभएको थियो । त्यही दोषि ठहर भएसँगै उहाँको सांसद पद खारेज भएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया