भारत संगको रक्षा सम्बन्धलाई निरन्तरता दिने पेन्टागन
५ चैत्र २०७९, आईतवार

वासिंगटन, एजेन्सी । अमेरिकी रक्षा प्रशासन पेन्टागनले भनेको छ भारत संगको रक्षा सम्बन्धलाई निरन्तरता दिने जनाएका छन् ।
पेन्टागनका प्रेस सचिव ब्रिगेडियर जनरल प्याट राइडरले भारतसँग अमेरिकाको निकै लामो समय देखि रक्षा सम्बन्ध रहँदै आएको उल्लेख गर्दै यसलाई निरन्तरता दिने जनाएका हुन् ।
युक्रेनमा रुसी आक्रमण जारी रहेका बेला पेन्टागनले भारत सँगको रक्षा सम्बन्धलाई निरन्तरता दिने जनाएको छ। रुसको साझेदार मानिने भारतले युक्रेनमा जारी युद्धलाई लिएर रुसको विरोध गरेको छैन ।
पत्रकार सम्मेलनका क्रममा ब्रिगेडियर जनरल राइडरले आफ्नो मुलुकले युक्रेनलाई गर्दै आएको सहयोग र समर्थनलाई जारी राख्ने बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया