चीन उडानमा यात्रुलाई हिमालयको नयाँ प्रोटोकल, बोर्डिङअघि संक्रामक परीक्षण अनिवार्य
२ चैत्र २०७९, बिहीबार

चैत १
चीनतर्फ दुईतर्फी उडान सुरु भएसँगै निजी क्षेत्रको वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले नयाँ प्रोटोकल जारी गरेको छ। चीन आउजाउ गर्ने हवाई सेवा यात्रुलाई उडान अघि नै संक्रामक रोग (भाइरल डाइग्नोस्टिक टेस्ट सार्स–कोभिड) परीक्षण अनिवार्य गरेको हो।
कम्पनीले यात्रुलाई एन्टीजेन परीक्षण गराएर उडानको ४८ घण्टा अघि नै रिपोर्ट बुझाउने नियम लगाएको छ।
यात्रुले कोभिड–१९ परीक्षणको रिपोर्ट नेगेटिभ आएको अवस्थामा वी च्याट मिनी कस्टम वा चाइना कस्टम एपमा पेस गर्न सक्ने कम्पनीले जनाएको छ। चीन सरकारले आफ्ना जनताका लागि नेपाल भ्रमण प्रतिबन्ध फुकुवा गरिदिएसँगै हिमालयले आफ्नो नियमित उडानका लागि नयाँ प्रोटोकल जारी गरेको हो।
हाल यो कम्पनीले काठमाडौंबाट चीनको कुनमिङतर्फ मंगलबार र बिहीबार गरी साताको दुई उडान गर्दै आएको छ। चीनतर्फ हाल मुलुकमा हिमालयसँगै सिचुवान, एयर चाइना, चाइना साउदर्न लगायतका वायुसेवाले नियमित उडान गर्दै आएका छन्। चीनले कोभिडका कारण बन्द गरेको नेपालतर्फको दुईतर्फी उडान बुधबारदेखि खुला गरेको हो। कोरोना संक्रमण रोकथामका लागि भन्दै चीनले धेरैवटा मुलुकसँग उडान प्रतिबन्ध लगाएको थियो। हालसम्म ६० वटाको दुईतर्फी उडान खुला गरेको छ।
एयरबस–३२० र ३१९ सिरिजको जहाज भएको हिमालयले हाल काठमाडौंबाट साउदी अरेबिया, कुवेत, बंगलादेश, मलेसिया लगायतका अन्तर्राष्ट्रिय गन्तव्यमा नियमित उडान गर्दै आएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया